अनुसूची ५
अनुसूची-४ (दफा १२ सँग सम्बन्धित) चलचित्र विकास शुल्क
१. आर्थिक वर्ष २०८०/८१ मा नेपालमा चलचित्रको प्रदर्शनमा चलचित्र घरले प्रदर्शन गर्ने विदेशी चलचित्रको सबै श्रेणीको प्रवेश शुल्कमा पन्ध्र प्रतिशत चलचित्र विकास शुल्क असुल गरिनेछ।
२. चलचित्र घरले क्याबिन सञ्चालन गर्न पाउनेछ। विदेशी चलचित्र प्रदर्शन गरे बापत त्यस्तो क्याबिनको सबै श्रेणीको टिकट बिक्रीबाट असुल गर्ने चलचित्र विकास शुल्कको दर प्रवेश शुल्कको बीस प्रतिशत हुनेछ।
३. चलचित्र घरले आफूले प्रदर्शन गरेको: चलचित्रको दैनिक टिकट बिक्रीको विवरण अभिलेख बिक्री: खातामा दैनिक रूपमा अच्घावधिक गर्नु पर्नेछ। चलचित्र घरले चलचित्र प्रदर्शन सम्बन्धी विवरण साप्ताहिक रूपमा काठमाडौं उपत्यकाको हकमा चलचित्र विकास बोर्ड र सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा तथा अन्य क्षेत्रको हकमा आन्तरिक राजस्व कार्यालय भएको जिल्लामा सो कार्यालयमा र आन्तरिक राजस्व कार्यालय नभएको जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउनु पर्नेछ।
४. चचचित्र घरले बिद्युतीय प्रणाली (ई-टिकेटिङ्ग सिष्टम) बाट टिकट जारी गरी केन्द्रीय चलचित्र व्यवस्थापन प्रणाली (सेन्ट्रल सिनेमा म्यानेजमेन्ट) को सर्भरसँग लिङ्क गर्नु पर्नेछ।
५. प्रकरण ४ बमोजिम तोकिएको समयमा विद्युतीय प्रणाली जडान तथा केन्द्रीय सर्भरसँग लिङ्क नगरी टिकट जारी गरेको पाइएमा त्यसरी जारी गरिएको टिकटबाट प्राप्त रकमको पहिलो पटकका लागि शतप्रतिशत एक पटकभन्दा बढीको लागि दुई सय प्रतिशत जरिबाना लगाई असुल गरिनेछ।
६. प्रकरण १ र २ बमोजिमको शुल्क चलचित्र घरले असुल गरी प्रत्येक महिनाको शुल्क अर्को महिनाको पच्चीस गतेभित्र प्रकरण ५ को अधीनमा रही विवरणसहित सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालय वा सो कार्यालयहरू नभएको जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयमा दाखिल गर्नु पर्नेछ। तोकेको समयमा शुल्क नबुझाउनेलाई प्रत्येक महिनाको बुझाउनु पर्ने शुल्कको पच्चीस प्रतिशत जरिबाना लाग्नेछ। चलचित्र विकास शुल्कको-मासिक विवरण उल्लिखित अवधिभित्र चलचित्र विकास बोर्डमा समेत बुझाउनु पर्नेछ। चलचित्र विकास बोर्डमा बुझाउनु पर्ने विवरण बक्स अफिस प्रणालीबाट समेत पठाउनु पर्नेछ।
७. चलचित्र घरले चलचित्र प्रदर्शन गरी चलचित्र प्रदर्शन नगरेको भनी वा विदेशी चलचित्र प्रदर्शन गरी नेपाली चलचित्र प्रदर्शन गरेको हो भनी वा वास्तविक टिकट बिक्रीभन्दा कम टिकट बिक्री दैनिक बिक्री खातामा जनाई झुट्टा विवरण दिएमा निम्न बमोजिमको जरिबाना लगाई त्यसरी छलिएको चलचित्र विकास शुल्क सहित असुल गरिनेछः-
(क) पहिलो पटक भए छलिएको चलचित्र विकास शुल्कको शतप्रतिशत ।
(ख) दोस्रो पटक बा सौभन्दा बढी जतिसुकै पटक भए पनि 'छलिएको चलचित्र विकास शुल्कको दुई सय प्रतिशत।
८. प्रकरण ४ र ५ बमोजिम तोकिएको म्याद व्यतित भएको दुई महिनाभित्र जरिबानासहित शुल्क नबुझाउने चलचित्र घर बन्द गरी लागेको शुल्क तथा जरिबाना समेत सम्बन्धित अधिकृतले असुल गर्नेछ। समयमा विवरण पेश नगरेमा प्रति महिना एक हजार रुपैयाँ जरिबाना लाग्नेछ।
९. विपद् /उपकरणीय मर्मत सम्भार वा अन्य कुनै कारणले सात दिन वा सोभन्दा बढी दिन चलचित्र घर बन्द भएको व्यहोरा प्रकरण ११ मा उल्लिखित कार्यालयले प्रमाणित गरेको अवस्थामा बन्द भएको दिनको चलचित्र बिकास शुल्क लाग्ने छैन।
१०. विद्यार्थीवर्गको सहुलियतको लागि शनिबार बिहान ८ बजेको र सार्वजनिक बिदा परेका दिनको बिहान ८ बजेको चलचित्र प्रदर्शनमा चलचित्र विकास शुल्कमा पचास प्रतिशत छुट दिइनेछ।
११. यस अनुसूची बमोजिम गरेको निर्णय उपर पैतीस दिनभित्र राजस्व न्यायाधिकरणमा पुनरावेदन लाग्नेछ ।
१२. चलचित्र विकास शुल्क सम्बन्धी प्रशासन आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालय भएको जिल्लामा सौ. कार्यालयले र आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालय नभएको जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयले गर्नेछ।
१३. चलचित्र विकास शुल्कको अनुगमन चलचित्र: विकास बोर्डले समेत गर्नेछ। चलचित्र विकास शुल्कको स्थलगत निरीक्षणका लागि बोर्डबाट खटिई आएका कर्मचारीलाई चलचित्र सम्बन्धी अभिलेख, बिक्री खाता तथा दर्शक सङ्ख्या सम्बन्धी अभिलेख चलचित्र घरले उपलब्ध गराउनु पर्नेछ। सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयले आवश्यकता अनुसार अनुगमन तथा निरीक्षण गर्नेछन्।
१४. चलचित्र घरका सञ्चालकले: चलचित्र प्रदर्शन गर्नुभन्दा एक दिन अगावै आफूले प्रयोग गर्ने टिकटको सिलसिलेवार नम्बर, चलचित्रको नाम र प्रदर्शन गरिने मिति ८ चलचित्र विकास बोर्ड र आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयमा जानकारी: गराउनु पर्नेछ र सोको अभिलेख चलचित्र घरले राख्नु पर्नेछ।
१५. यस अनुसूची बमोजिम असुल भएको चलचित्र विकास शुल्कको नब्बे प्रतिशत रकम चलचित्र विकास बोर्डलाई र बाँकी दश प्रतिशत रकम आन्तरिक राजस्व विभागले तोकेको प्रक्रिया बमोजिम चलचित्र विकास शुल्कको प्रशासन गर्ने कार्यालयको प्रशासनिक तथा भौतिक सुधार कार्यमा खर्च गर्न सकिनेछ। चलचित्र विकास बोर्डले आफूले प्राप्त गरेको चलचित्र विकास शुल्क रकमको पच्चीस प्रतिशतभन्दा बढी रकम प्रशांसनिक कार्यमा खर्च गर्न पाउने छैन। १६, चलचित्र विकास शुल्क सम्बन्धी अन्य प्रक्रियागत कुरा चलचित्र विकास बोर्डको सिफारिसमा आन्तरिक राजस्व विभागले तोके बमोजिम हुनेछ।
१७. चलचित्र विकास शुल्कको लेखापरीक्षण महालेखापरीक्षकबाट हुनेछ।